हरि कुँवर, अर्घाखाँची ।
अर्घाखाँचीमा राहदानी बनाउने युवा बढेका छन् । पछिल्लो पाँच महिनामा ३ हजार ८१ जनाले राहदानी बनाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकीय अधिकृत नुमलाल पन्थीका अनुसार २०८१ को श्रावण देखी २०८१ को मंसिर मसान्तसम्ममा सामान्य सिफारिस तर्फ ३ हजार १४ जना र द्रुत सेवा सिफारिस तर्फ ६७ जना गरी ३ हजार ८१ जनाले राहदानी बनाएको बताए ।
स्वदेशमा रोजगारीको सम्भावना नदेखेपछि विदेश जाने तयारी स्वरुप राहदानी लिने बढेका हुन् । केन्द्र प्रदेश स्थानीय सरकारहरूले यूवा रोजगारीमा चासो नदेखाउने हो भने विदेश जाने यूवाको संख्या अझै बढ्दै जाने छ ।