नेपाल राज्य संवाददाता
अर्घाखाँची– आउँदो चुनावमा प्रदेशसभा (ख) बाट कांग्रेसले निर्वतमान शितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीलाई उम्मेदवार बनाउने संभावना देखिएको छ । कांग्रेस महासमिति सदस्य अधिकारी दक्षिण क्षेत्रका लोकप्रिय नेता हुन ।
५ वर्षमा शितगंगालाई विकास र समृद्धिको जग बसाली थुप्रै विकासका काम सफलतापूर्वक गरेका अधिकारी जनमत, लोकप्रियता कांग्रेस कार्यकर्ता र आम नागरिकले सुचाइएको नेताका रुपमा परिचित छन् । अधिकारीलाई उम्मेदवार बनाएपछि दक्षिण क्षेत्र शितगंगाबाट भारी बहुमत आउने र अन्य क्षेत्रबाट राम्रो मत आउँदा शानदार जित हुने भएकाले अधिकांश कांग्रेस नेताहरु सुर्यप्रसादलाई सांसदकाे उम्मेदवार बनाउन चाहन्छन् ।
नगर प्रमुख भएकाले बेला आफुले राज्यबाट पाउने सुविधाबाट अनाथ बालवालिकालाई शिक्षादीक्षा दिएका छन् । कृषि उद्यम, पर्यटन विकास, स्वास्थ्य उपचार, सडक निर्माण सहित पूर्वाधार विकासमा अब्बल काम गरेका छन् ।
बहुसंख्यक शितगंगाका बासिन्दा अधिकारीप्रति खुसी छन् । उनलाई यस क्षेत्रका अधिकांश स्थानीयले अन्नदाताको रुपमा लिने गर्छन् । अधिकारी नै उम्मेदवार बन्ने चर्चाले यस क्षेत्रका कांग्रेस कार्यकर्ता र स्थानीयमा बेग्लै उत्साह छाएको छ ।