नेपाल राज्य संवाददाता
अर्घाखाँची– राजनीतिज्ञ एवं सामाजिक अगुवा विष्णुप्रसाद खनाल (मुस्कान) पाणिनि बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्ष भएपछि क्याम्पसको स्वरुप परिवर्तन हुँदैछ । क्याम्पसको सातौं साधारणसभा तथा चौथो अधिवेशनबाट २०७९ चैतमा मुस्कानको अध्यक्ष्तामा ९ सदस्यीय सञ्चालक समितिको गठन भएको थियो ।
गठन लगत्तै क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुख नियुक्ती गरिएको छ । क्याम्पस प्रमुखमा बुद्धि भुसाल र सहायक क्याम्पस प्रमुखमा लक्ष्मण पोखरेललाई सञ्चालक समितिले नियुक्त गरेको हो । क्याम्पसको भाैतिक पूर्वाधार विस्तार, शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिँदै आन्तरिक व्यवस्थापनमा राम्रो बन्दै गएको छ । क्यामपसको ३५ अाैं वार्षिक उत्सवको अवसरमा असोज ६ गते क्याम्पसको स्थापनाकाल देखि महत्वपूर्ण योगदान पु¥याएका पूर्वअध्यक्ष, पूर्वक्याम्पस प्रमुख, जग्गाधनी लगायतकालाई सम्मान गरिएको छ ।
यसरी सम्मानित हुनेमा क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष डा. रामबहादुर विसी, खगेन्द्रराज पोखरेल, पिताम्बर भुसाल, कृष्णप्रसाद आचार्य, चेतनारायण आचार्य, नारायण भट्टराई शास्त्री, पूर्वक्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्री रहेका छन् । त्यस्तै मरणोपरान्त सम्मानमा स्वर्गीय शोभाखर भुसाल, स्वर्गीय हिरण्यप्रसाद आचार्य, स्व.गणेश गौतम र स्व. भक्तिराम घिमिरे रहेका छन् । त्यस्तै पूर्वक्याम्पस प्रमुख स्व. ज्ञानहरि आचार्यलाई मरणोपरान्त सम्मान गरिएको छ ।
क्याम्पसलाई जग्गादान गर्ने जग्गादाता कृष्णप्रसाद पोखरेल र ओम गौतम अक्षयकोषदातामा लिलाराम गौतम र गणेश चुँदालीलाई पनि सम्मान गरिएको छ । जिल्लाको एकमात्र शैक्षिक धरोहर पाणिनि बहुमुखी क्याम्पसमा अर्घाखाँचीका अधिकांश विद्यार्थीलाई यहीँ पढाउने गरी गृहकार्य भैरहेको छ ।
क्याम्पसको सञ्चालक समिति सदस्यमा पिताम्बर भुसाल, ठाकुर विक, राजेन्द्र भुसाल, जर्नादन खनाल, कमला भण्डारी भुसाल, इश्वरा पोखरेल, लक्ष्मी श्रेष्ठ, ऋषब अधिकारी र पशुपति ढकाल रहेका छन् ।