काठमाडौं ।
नेकपा एमालेकी सांसद बिजुला रायमाझीले शिक्षक आन्दोलनलाई खुलेआम भड्काउने र उकास्ने काम भैरहेको बताएकी छन् ।
शिक्षक आन्दोलनलाई खुलेआम भड्काउने र उकास्ने प्रवृत्ति गलत भएको बताएकी हुन् । सामाजिक सञ्जाल, भाषण तथा विभिन्न संचारमाध्यममार्फत यस्तो किसिमको उत्तेजनात्मक अभिव्यक्तिले आन्दोलनको मूल उद्देश्यलाई कमजोर पार्नुका साथै शिक्षण पेशाको गरिमामा आँच पुर्याउने खतरा रहन्छ। जब आन्दोलन शान्तिपूर्ण मागहरूबाट परे उग्र रूप लिन्छ, तब यसले बालबालिका, अभिभावक, समग्र शिक्षा प्रणाली र समाजमा नकारात्मक असर पार्न सक्ने सांसद् बिजुला रायमाझीको दाबी छ। यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरिन ।
संविधान सम्मत र राज्यको स्रोतले भ्याउनेसम्म सरकार र आन्दोलनरत शिक्षकहरु अधिकतम लचिलो बनेर समस्या समाधान गर्न दुबै पक्ष लाई आग्रह गरेकी छिन् । अभिभावक र आम जनमानसको मनोभावनाको कदर गर्दै यसता गतिविधिहरूले आन्दोलनको विश्वसनीयता मात्रै होइन, शिक्षकहरू र सरकार प्रति को सामाजिक विश्वासमा समेत क्षति पुराउने बताइन् ।