हरि कुँवर
अर्घाखाँची– नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आउदो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एमालेले बहुमत ल्याउने दावी गरे । उनले एमालेलाई ५ दलीय गठबन्धनले कुनै हालतमा रोक्न नसक्ने ठोकुवा गरे ।
एमाले अर्घाखाँचीले सोमबार सन्धिखर्कमा आयोजना गरेको अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले एमालेसग एक्लाएक्लै चुनाव लड्ने हिम्मत अरु दलमा त के कांग्रेसमा पनि नभएको तर्क गरे । कांग्रेसको धरातल कहा झरयो, गठबन्धन नगरेसम्म एमालेसित चुनाव लड्न नसक्ने भएको उनले बताए ।
राष्ट्रपतिले फिर्ता गरेको नागरिकता प्रतिलिपि विधेयक संविधानको मर्म अनुसार भएको बताए । यस विषयमा एमालेले ठीक, बेठीक केही नभनेको टिप्पणी गरे । सरकारले प्रक्रिया अनुसार विधेयक पेश नगरेकाले संसदमा फिर्ता भएको उनले दावी गरे ।
‘नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ,’ नेम्वाङले भने, ‘४ वर्ष लगातार संसदमा धुमधमा छलफल ग¥र्यौ । सत्तपक्षले सही ढंगले पेश गरे, गल्ती ग¥र्याे । संसदमा फिर्ता आएको विधेयकका केही बुँदा परिमार्जन गर्नुपर्छ ।’ भारतमा जन्मिएका चेलीहरुले नेपाली युवासँग विवाह गरे भने, ७ वर्षपछि नागरिकता दिनेबारे सबै दलबीच सहमति भएको थियो, अहिले सत्तापक्षले फरक ढंगले विधेयक परिमार्जन गरेको उनले बताए ।
एमाले देशव्यापी रुपमा निर्वाचनको समिक्षा गर्दै आउँदो मंसिर ४ गते हुने चुनावको तयारी स्वरुप प्रशिक्षण सञ्चालन भैरहेको उनले बताए ।
‘निर्वाचन आयोग र हाम्रो दवावले मंसिर ४ गते सरकारले चुनाव गर्ने घोषणा गरेको छ,’ उनले भने, ‘५ दल गठबन्धन छ, यसमा चुनौती पनि छ तर, यसलाई सामाना गरेर अवसरको रुपमा लिन्छौं ।
स्थानीय तहमा लोकप्रिय मत आएकाले एमाले एक्लै नभएर जनताको साथबाट भारी मतले एमाले उम्मेदवार विजयी प्राप्त गर्ने उनले बताए ।
एमाले सचिव टोपबहादुर रायमाझी, पोलिटब्युरो सदस्य सुर्य थापा लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालको अध्यक्षता, उपाध्यक्ष इश्वरा पाेखरेलकाे स्वागत र सचिव ताेजबहादुर रायमाझीकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।