लक्ष्मी खनाल , अर्घाखाँची ।
श्री जनज्योति माध्यमिक विद्यालय, सन्धिखर्कको आयोजनामा आज आइतबार विज्ञान विषय प्रवर्द्धन कार्यक्रम अन्तर्गत माध्यमिक तह स्तरीय विज्ञान सामग्री प्रदर्शनी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा जिल्लाका विभिन्न २३ विद्यालयहरूको सक्रिय सहभागिता रहेको थियो। प्रदर्शनीको मूल्याङ्कनपछि श्री जीवनोद्धार मा.वि. वाङ्लाले प्रथम स्थान हासिल गर्न सफल भयो। त्यस्तै, श्री ज्ञानप्रकाश मा.वि. सल्लिकोटले द्वितीय, आयोजक विद्यालय श्री जनज्योति मा.वि. सन्धिखर्कले तृतीय स्थान प्राप्त गरेका छन्। श्री युवावर्ष रविचित्र मा.वि. हटारीनेटाले सान्त्वना स्थान प्राप्त गर्दै विशेष प्रशंसा बटुल्न सफल भएको छ।
यस कार्यक्रमले विद्यार्थीहरूमा वैज्ञानिक चेतना अभिवृद्धि गर्नुका साथै नविनतम् सोच तथा सिर्जनशीलतालाई प्रोत्साहन दिएको छ ।

