अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–३ कावटनेटा टोलकी २७ महिनाकी नानी नविना नेपाली अहिले जीवन र मृत्युको भीषण द्वन्द्वमा छिन्। बुबा नबिन नेपाली र आमा सिम्रन नेपालीको काखमा खेल्नुपर्ने उमेरमा उनी अस्पतालको ओछ्यानमा शल्यक्रियाको पीडासँग जुधिरहेकी हुन् ।
नविनालाई क्यान्सर जस्तो घातक रोगले आक्रान्त बनाएको छ। चिकित्सकका अनुसार उनको उपचारमा करिब १५ लाख रुपैयाँ लाग्नेछ। परिवारको आर्थिक अवस्था कम्जोर हुँदा परिवारसँग त्यो रकम जुटाउने कुनै माध्यम छैन।
आर्थिक संकटले झनै गहिरो घाउ बनाइरहेको बेला स्थानीय पत्रकार लिलामणी पोख्रेलले साथ दिदै नविना बचाउ अभियान सुरु गरेका छन्। उनले सबैलाई सहयोगको लागि आग्रह गरेका छन् ।
आज नविनालाई केवल औषधि होइन तपाई हाम्रो साथ र सहानुभूति पनि चाहिएको छ। जो जहाँ छौं, सकेको आर्थिक सहयोग गर्न हार्दिक अनुरोध छ ।

