काठमाडौं । धार्मिक आस्थाको केन्द्र जनकपुरधाममा सोमबार साँझ पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिले जानकी मन्दिर परिसर केही समय फरक माहोलमा देखियो।
पूर्वराजा शाहले जानकी मन्दिर पुगेर विधिपूर्वक पूजाआजा तथा दर्शन गरेका थिए । मन्दिर प्रवेशका क्रममा जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उनलाई स्वागत गरेका थिए। दर्शनका बेला मन्दिर परिसरमा उनका समर्थकहरू पनि उपस्थित थिए।
धार्मिक भ्रमणकै क्रममा पूर्वराजा शाहले जनकपुरमा रहँदा समर्थकहरूसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ। पूर्वराजा शाह आइतबार नै जनकपुरधाम पुगेका थिए।

