अर्घाखाँची ।
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको कार्यशैलीविरुद्ध जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरू आन्दोलित बनेका छन्।
सेवा प्रवाह, कार्यसम्पादन र व्यवहारमा असन्तुष्टि जनाउँदै बुधबार करिब ३ घण्टा काम ठप्प पारिएको थियो। सेवा प्रभावित भएपछि प्रमुख जिल्ला अधिकारी खरेलले माफी मागेपछि कामकाज पुनः सुचारु भएको छ।

