नेपालराज्य संवाददाता
अर्घाखाँची– २०७४ को चुनावमा कांग्रेसका उम्मेदवार हिम्मतबहादुर टण्डनलाई ८ हजार ९ सय २६ मतान्तरले पराजित गर्दै प्रदेशसभा (ख) बाट सांसदमा निर्वाचित भएका एमाले नेता रामजीप्रसाद घिमिरेलाई एमालेले फेरी उम्मेदवारमा अघि सारेको छ । त्यतिबेला घिमिरेलाई एमालेसहित माओवादी र राजमोको समर्थन थियो । अहिले माओवादी र राजमो कांग्रेस नेतृत्वका ५ दलीय गठबन्धनमा रहेका छन् । एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य घिमिरेले मंसिर ४ गतेको चुनावमा एक्लै भिड्नुपर्ने देखिएको छ ।
घिमिरेसित गठबन्धनबाट को भिड्ने अझै टुंगो लागेको छैन । प्रदेशसभा (ख) कस्को भागमा पर्छ केन्द्रमा छलफल जारी छ । यस क्षेत्रबाट कांग्रेसले शितगंगा नगरपालिका निर्वतमान नगरप्रमुख सुर्यप्रसाद अधिकारी, महाधिवेशन प्रतिनिधि डा. जयबहादुर टण्डन, कमलप्रसाद भुसाल र राजेन्द्र केसीको नाम केन्द्रमा सिफारिस गरेको छ । त्यस्तै माओवादीले टिकाबहादुर रेश्मी, भत्तबहादुर पुन र विवेक गैरेको नाम सिफारिस गरेको छ ।