अर्घाखाँची । मृगौला प्रत्यारोपणका लागि आर्थिक अभाव भएपछि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ।
मालारानी गाउँपालिका – ५ बाँगी मिलनटोल निवासी हुम बहादुर सुनारकी ३० वर्षीया छोरी लक्ष्मी वि.क.को दुवै मृगौला फेल भएपछि परिवार द्वारा आर्थिक सहयोगको अपिल गरिएको हो।
हाल उनी काठमाडौंस्थित वीर अस्पतालमा नियमित डायलासिस उपचार गराइरहेकी लक्ष्मी वि.क. को जीवन रक्षा गर्न तत्काल मृगौला प्रत्यारोपण आवश्यक रहेको परिवारले जनाएको छ। मृगौला प्रत्यारोपण तथा त्यसपछिको उपचारका लागि करिब ३० लाख रुपैयाँ बराबरको खर्च लाग्ने अनुमान गरिएको छ। तर सामान्य आर्थिक अवस्था भएका कारण परिवारले सो रकम जुटाउन नसक्दा सहयोगको अपेक्षा गरिएको हो कलाकार तथा स्थानीय मोहित मुनालले जानकारी दिए ।
नियमित डायलासिस समयमै हुन नसके स्वास्थ्य अवस्था थप जटिल बन्दै जाने जोखिम रहेको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि पीडित परिवारले देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली, सामाजिक संघसंस्था, सहयोगी मन भएका व्यक्ति तथा शुभचिन्तकहरूलाई
थप जानकारी तथा सहयोगका लागि सम्पर्क:
विरामी : ९८६०६४२६९७

