अर्घाखाँची ।
नेपाली कांग्रेस निकट नेपाल दलित संघ अर्घाखाँचीको अध्यक्षमा राजेन्द्र विश्वकर्मा चयन भएका छन्।
संघको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले ४१ जिल्लाका लागि जिल्ला तदर्थ समितिको अध्यक्ष मनोनयन गरेको हो।
संघका अध्यक्ष लोकबहादुर विश्वकर्माका अनुसार संखुवासभामा चक्र विसुन्खे, अर्घाखाँचीमा राजेन्द्र विश्वकर्मा र गोरखामा इतराज सुनारसहित ४१ जिल्लामा नयाँ नेतृत्व चयन गरिएको हो।

