अर्घाखाँची — जिल्लामा चुनावी माहोल तातिँदै जाँदा घर–घरमै राजनीतिक धार विभाजित भएको देखिएको छ। मालारानी, सितगङ्गा र सन्धिखर्क क्षेत्रमा एउटै परिवारभित्र पाँच फरक–फरक चुनाव चिन्हमा मत जाने अवस्था देखिएको हो।
एउटै परिवारका सदस्यहरू कसैले सूर्य चिन्हमा मतदान गर्ने बताएका छन् भने कसैले रुख, तारा, घण्टी र गिलास रोजेका छन्। नेकपा एमालेको सूर्य चिन्ह नेपाली काङ्ग्रेसको रुख नेकपाको तारा रास्वपाको घण्टी र जनमोर्चाको गिलास सँग सम्बन्धित चिन्ह हुन्। नेपाल राज्यले खोज गरेको एउटा रिपोर्टमा यस्तो पाइएको हो ।
स्थानीय मतदाताहरूका अनुसार अहिले मत निर्णय गर्दा परम्परागत पारिवारिक प्रभावभन्दा व्यक्तिगत धारणा, उम्मेदवारको छवि, विगतको काम र परिवर्तनको अपेक्षालाई प्राथमिकता दिइँदैछ।
राजनीतिक विश्लेषकहरू भन्छन्, एउटै घरभित्र फरक धार देखिनु लोकतान्त्रिक अभ्यासको संकेत हो। तर यसले दलहरूलाई स्पष्ट सन्देश पनि दिएको छ केवल नारा र झण्डाले मात्र मत तान्न सम्भव छैन जनविश्वास पनि जित्न सक्नुपर्छ भन्ने संकेत हो ।

