काठमाडौं ।
आज १४ फेब्रुअरी “भ्यालेन्टाइन्स डे” अर्थात प्रेम दिवस अ-आफ्नो तरीकाले युवापुस्ताले नेपाल भर मनाउने गरेको पाइन्छ ।
पछिल्लो समय युवापुस्ताले नेपालमा पनि यसलाई प्रणय दिवसका रूपमा मनाउन थालेका छन् । यो विशेषगरी पश्चिमा मुलुकमा धेरै ठूलो सांस्कृतिक महत्त्व बोकेको यो पर्व हो ।
सामाजिक सञ्जालका कारण यो दिवस नेपालमा पनि चर्चित हुँदै गएको छ । किंवदन्ती हेर्दा एकजना भ्यालेन्टाइन नाम गरेका सेन्टले रोमन साम्राज्यका सम्राटको आदेशविपरीत प्रेम जोडीको विवाह गराइदिएका थिए । त्यसपछि ती रोमन सम्राटले सेन्टलाई मृत्युदण्ड दिए ।
सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रूपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।