काठमाडौं — नेकपा एमालेका पूर्व सचिव तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीले नख्खु कारागारमै बसेर आगामी महाधिवेशनमा केपी शर्मा ओली नै पुनः अध्यक्ष बन्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।
भुटानी शरणार्थी प्रकरणमा मुछिएको आरोपमा लामो समयदेखि कारागार जीवन बिताइरहेका रायमाझीले पार्टीको नेतृत्वमा स्थिरता, संगठन सुदृढीकरण तथा वैचारिक निरन्तरताका लागि ओली अपरिहार्य रहेको टिप्पणी गरेका छन्।
रायमाझीले आफूलाई लागेका अभियोग नियोजित रूपमा रचित भएको दाबी पनि दोहोर्याएका छन्। तत्कालीन प्रचण्ड नेतृत्वले योजना बद्ध तरिकाले फसाएको बताएका हुन् ।
जेन्जी आन्दोलनको क्रममा २४ गते कारागार बाहिर निस्किएका रायमाझी केही दिनपछि नै कानुनी प्रकृयाअनुसार पुनः नख्खु कारागार फर्किएका थिए। बाहिरिएको छोटो अवधिमा पनि उनले एमालेभित्र आइरहेका विवाद, आगामी महाधिवेशनको तयारी र आफ्नो प्रकरणबारे खुलेर धारणा व्यक्त गरेका हुन् ।

