काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक का अध्यक्ष गणेश प्रसाद भुसालले सबै खाले नेपाली चाड पर्वहरूले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएको बताएका छन ।
हिन्दू धर्मावलम्वीहरूले अति श्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाइने ‘महाशिवरात्रि’ अवसरमा सबै देशबासिहरु मा शुभकामना व्यक्त गर्दै भुसालले विभिन्न समुदायमा रहेका धार्मिक र सांस्कृतिक निधिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा दिने महाशिवरात्रिलगायत पर्वले सबै जातजाति, धर्म, वर्ग र पेसा अवलम्बन गर्ने नेपालीका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाएका बताएका हुन ।
नागरिक उड्डयन प्राधिकरण मा हुने हरेक खालका अनियमितता को भण्डाफोर गर्दै कर्मचारी हरुको पक्षमा निरन्तर काम गर्दै आएका भुसालले महाशिवरात्रिको अवसरमा आफू र आफ्नो सस्था नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक को तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।