काठमाडौं ।
नेकपा एमाले पार्टीले स्थापना भएको ७५ औं वर्ष पुगेको अवसरमा हीरक जयन्ती मनाउन लागेको छ ।
सोमवार ललितपुरको गोदावरीस्थित सनराईज हलमा आयोजित हीरक महोत्सव समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल , पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा,पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगाएतका शिर्ष नेताहरु सहभागी हुँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने उपस्थित भएनन् ।
औपचारिकताका लागि निम्तो आएको भन्दै नेपाल महोत्सवमा उपस्थित नभएको नेपाल निकट स्रोतले बताएको छ ।
यता नेपाल लाई निमन्त्रणा गरिएको एमालेले जनाएको छ ।
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान गरेको थियो।