अर्घाखाँची । रुपन्देही तिलोत्तमामा चलिरहेको महिला क्रिकेट ट्यालेन्ट हन्टमा अर्घाखाँचीका खेलाडीले प्रभावशाली प्रदर्शन गरेका छन्। आजको पहिलो खेलमा ममता जिसी, महिमा आचार्य र सुजता नेपालीको बलिङ चम्किएको छ ।
अर्घाखाँचीबाट खेल्दै ममता जिसीले ५ ओभरमा ३० रन दिँदै ५ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरिन्। महिमा आचार्यले पनि ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिएर टोलीका लागि बलियो योगदान दिइन्।
त्यसैगरी, सुजता नेपालीले ४ ओभरमा ३२ रन दिएर १ विकेट हात पारिन्।
आयुषा भुसालले ५ ओभरमा ३२ रन र युनिसा खनालले २ ओभरमा ७ रन दिए पनि दुवैले विकेट लिन सकेनन्।
अर्घाखाँचीका खेलाडीहरूको समग्र प्रदर्शनले ट्यालेन्ट हन्टमा जिल्लाको उपस्थिति मजबुत रहेको अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिदै सफलताको शुभकामना व्यक्त गरेका छन् ।

