नेपाल राज्य संवाददाता
अर्घाखाँची– कांग्रेस महासमिति सदस्य एवं प्रभावशाली नेता डा. मुक्तिराम श्रेष्ठले अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारीमा आकांक्षा राखेका छन् । चिकित्सक संघका पूर्वअध्यक्ष श्रेष्ठले कोभिड महामारीमा जिल्ला अस्पताल सहित जिल्लाका स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री वितरण, विरामी भएर काठमाडौ आउनेलाई स्वास्थ्य सेवामा सहयोग, जिल्लाका विकास निर्माणका विभिन्न योजनामा बजेट पार्नेमा महत्वपूर्ण भुमिका खेल्दै आएका छन् ।
अर्घाखाँची कांग्रेस कार्यकर्ता र जनतामा लोकप्रिय नेताको रुपमा परिचित श्रेष्ठले पाटीले टिकट दिएमा संघीय सांसदमा चुनाव लड्ने बताए । ‘पाटीले टिकट दिनेमा आशावादी छु, मैले टिकट पाएमा सहजै चुनाव जित्छु,’ उनले भने, ‘यसपालीको चुनावमा जनताले परिवर्तन चाहेका छन् । यसपाली कांग्रेस उम्मेदवारले चुनाव जित्छ ।’