अर्घाखाँची ।
काठमाडौंमा सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशनबाट अर्घाखाँची जिल्लाका दुई प्रतिनिधि नेताहरू केन्द्रिय तहमा विजयी भएका छन्।
सन्धिखर्क नगरपालिका–१ का बिराज मुखिया संगठनको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने -२ का अनिल भुसालले अनुशासन आयोगको सदस्यमा भारी मतसहित जित हात पारेका छन्।
महाधिवेशनमा देशभरिबाट सहभागी भएका प्रतिनिधिहरूको विश्वास जित्दै यी दुई युवाले संगठनको नेतृत्व तहमा आफ्नो प्रभाव जमाउन सफल भएका हुन्। विद्यार्थी राजनीति तथा संगठन निर्माणमा लामो समयदेखि सक्रिय बिराज मुखिया र अनिल भुसाल दुबै अर्घाखाँचीमा लोकप्रिय विद्यार्थी नेताका रूपमा परिचित छन्।
उनीहरूको यो सफलता अर्घाखाँची जिल्लाको लागि गौरवको विषय बनेको छ। संगठनभित्रको उनीहरूको योगदान, निष्ठा र स्पष्ट दृष्टिकोणले मतदाताहरूलाई आकर्षित गरेको नेकपा एमाले अर्घाखाँचीका युवा नेता प्रदिप नेपालीले जानकारी दिएका छन ।
महाधिवेशनको सफल समापनसँगै अनेरास्ववियुले नयाँ नेतृत्व चयनगरेको छ भने देशभरका विद्यार्थीबीच संगठनलाई थप सशक्त बनाउने आशा पलाएको युवानेता प्रदीपले बताए ।

