काठमाडौँ । कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले पदबाट राजीनामा दिएका छन्।
तीनकुनेस्थित कान्तिपुरको न्यूजरूममा पत्रकारहरूसँग छलफल गर्दै उनले आफ्नो निर्णय सार्वजनिक गरेका हुन्। करिब पाँच वर्षदेखि सम्पादकीय नेतृत्व सम्हाल्दै आएका चौहानले सोचविचार गरेर र समझदारीपूर्वक पद छाड्ने निर्णय लिएको बताएका छन्।
यद्यपि कान्तिपुर पब्लिकेशनले नयाँ प्रधान सम्पादक नियुक्त नगरेसम्म भने उनले हालको जिम्मेवारी सम्हालिरहने जनाइएको छ।
चौहानको राजीनामापछि कान्तिपुरको सम्पादकीय नेतृत्वमा नयाँ व्यक्तिको खोजी सुरु हुने अपेक्षा गरिएको छ।

