काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मत गणना जारी छ।
अहिले ५५ क्षेत्रमा मतगणना चलिरहेको निर्वाचन आयोगले जनाएको छ।
पछिल्लो विवरण अनुसार मतगणना चलिरहेका क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ४१ स्थानमा अग्रता लिएको छ।
त्यसैगरि नेकपा एमालेले ५ स्थानमा अग्रता लिएर दोस्रो स्थानमा छ।
नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टीले २ स्थानमा अग्रता लिएको छ।
एमालेले अग्रता लिएका क्षेत्र पाँच वटा छन्।
जसमा रुपन्देही क्षेत्र नम्बर ४ मा प्रमोदकुमार यादव, बाँके २ मा मोहम्मद इस्तियाक राई, स्याङजा १ मा मीनप्रसाद गुरुङ, तेह्रथुम १ मा भानुभक्त ढकाल र चितवन १ मा दावा दोर्जे लामाले अग्रता लिएका छन्।

