नेपाल राज्य संवाददाता
अर्घाखाँची– (नेकपा) माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अर्घाखाँची जिल्ला सहइन्चार्ज ठाकुरकुमार विकले जनयुद्धबाट प्राप्त उपलब्धी, आन्दोलनका घाइतेलाई धाका दिएर टोपबहादुर रायमाझीले माओवादी छाडेको बताए । उनले सहिदको बलिदानीबाट गणतन्त्र प्राप्त भएको र माओवादीले नै तीन पटकसम्म लगातार चुनाव जिताएर पठाएर मन्त्रीसम्म भएको र अन्तिममा मन्त्री पदकै लागि रायमाझी एमालेतिर गएर माओवादीलाई धोका दिएको बताए ।
मालारानी गाउँपालिका–५ बाँगीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै विकले मुलुकलाई विकासमा परिवर्तन गर्न र आन्दोलनका उपलब्धीलाई जोगाउन ५ दलीय गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने दावी गरे ।