अर्घाखाँची । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीको ८औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले बल बहादुर रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित समितिमा उपाध्यक्षहरू तेजेन्द्र शमशेर, श्रीधर पन्थी, पवित्रा शापकोटा,सचिवमा हुम बहादुर विक,कोषाध्यक्ष विमला केसी,सहसचिव ठाकुर गन्धर्व ,सहकोषाध्यक्ष पूजा कुँवर चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा रामविलास रायमाझी, रमेश भट्टराई, प्रदीप विक, शारदा आचार्य र प्रमिला दर्नाल चयन भएका छन्।
सल्लाहकार समितिमा प्रमिला क्षेत्री, हिम बहादुर जिसी (लेकालि), राधा आचार्य, खिम बहादुर चौहान र रामजी परियार रहेका छन्।
अधिवेशनले अर्घाखाँची जिल्लामा लोक तथा दोहोरी संस्कृतिको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा यसको विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

