गुल्मी ।
गुल्मीमा यस वर्षको एसईई परीक्षामा जम्मा ३ जनाले मात्र फोर जिपिए (४.०० GPA) ल्याउन सफल भएका छन्। ऊनी तीनै जना विद्यार्थी भण्डारी थरका हुन्।
फोर जिपिए ल्याउने विद्यार्थीहरू मध्ये सत्यवती गाउँपालिका–५ को सत्यवती मावि हसराका अर्जुन भण्डारी र सिर्जित भण्डारी छन् भने चन्द्रकोट गाउँपालिका–४, शान्तिपुरस्थित उदय माविका निशान भण्डारी हुन्।
यस पटक जिल्लामा नियमित तहमा ३५११ जना परीक्षार्थीमध्ये २४०५ जना अर्थात् ६९ प्रतिशत उत्तीर्ण भएका छन्। प्राविधिक धारतर्फ ३३२ जना सहभागीमध्ये १८० जना अर्थात् ५४ प्रतिशत उत्तीर्ण भएका छन्।