अर्घाखाँची -अर्घाखाँची सदरमुकाम स्थापना सुरु भएको समयदेखि चुत्राबेशीमा फेन्सी व्यवसायसँगै नेपाली लोककला र संस्कृतिको उज्यालो बोकेर हिँड्ने अग्रज कलाकार, लोकदोहोरी गायक तथा काँग्रेसका प्रतिबद्ध नेता जुल्करिम मियाँ (जुनकीरी)को निधन भएको छ।
६७ वर्षको उमेरमा उपचारको क्रममा साउन २७ गते बुटवलमा उनले अन्तिम सास फेरेका हुन्। मुस्लिम समुदायमा लोकदोहोरी गाउने कलाकार दुर्लभ हुने समयमै उनले आफ्नो स्वर र गीतमार्फत स्व. काशिनाथ गौतम, स्व. ढुण्डिराज शास्त्री, रेवती प्रसाद भुसाल, डा. रामबहादुर बीसीलगायतका चुनावी अभियानमा पनि योगदान पुर्याएको समाजसेवि सहयोगी बिसीले जानकारी दिएका छन् । उनी नेपाल प्रेस युनियनका जिल्ला सह-सचिव हलिम खानका पिता हुन् ।
उनको निधनले अर्घाखाँचीको सांगीतिक र राजनीतिक दुवै जगत्मा अपूरणीय क्षति पुगेको छ। विभिन्न संस्था व्यक्तिले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजन र आफन्तप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

