काठमाडौं ।
डिपेन्डेन्ट भिसामा बेलायत लैजान्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
६ लाख एक हजार ९५५ रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले काभ्रेपलान्चोक चौडी देउराली ७ स्थायी घर भई हाल काठमाडौको सोह्रखुट्टे बस्ने १९ वर्षका मनिष भुजेल र काभ्रेपलान्चोक भुम्लु ४ का २१ वर्षीय निशान पहारीलाई पक्राउ गरेको हो।
फेसबुकमा नेहा गुरुङको नामबाट सााथी बनाइ कुराकानी हुँदा डिपेन्डेन्ट भिसामा बेलायत लैजान्छु भनेर रकम माग गरेको भन्दै एक युवाले प्रहरीमा जाहेरी दिएका थिए।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले कास्की जिल्ला अदालतबाट ठगी आपराधिक विश्वास घात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा ७ दिन म्याद लिएर अनुसन्धान अगाडी बढाएको छ।