हिम लेकाली , सन्धिखर्क ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन अर्घाखाँचीकाे दाेस्राे जिल्ला अधिवेशन मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएकाे छ ।
संगठनका अध्यक्ष क्या.ईन्द्रबहादुर खड्काकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष तथा जन संगठन समन्वय सम्यन्त्र प्रमुख शम्भु प्रसाद पाेखरेलले संगठन सुदृढीकरण र बिस्तार गर्दै जनतालाई विकास निर्माण र सम्बृधी संग जाेड्ने उद्देश्यले पार्टीले ३ महिने वडा केन्द्रीत पार्टी निर्माण अभियान २०८१ सन्चालन गरेकाे बताउँदै , जनता समक्ष पार्टीकाे नीति र नेतृत्व स्थापना गर्न सबै पार्टी कमिटी र जन संगठनहरू पार्टी काममा कृयाशिल भएर लाग्न निर्देशित गर्नु भयाे । त्यसै गरि उहाँले पार्टीका राम्रा कामकाे प्रचार गर्दै पार्टी बिरूद्ध श्रृजीत गलत र भ्रामक समाचारहरूकाे खण्डन गर्दै जनतालाई सजग बनाउन सबै लाग्नु पर्ने बताउनु भयाे । उहाँले संगठनकाे महत्वबारे प्रकाश पार्दै अधिवेशन सफलताकाे शुभकामना ब्यक्त गर्नु भएकाे थियाे ।
कार्यक्रममा नेकपा एमाले कार्यालय सचिव तथा संगठन विभाग प्रमुख लिल बहादुर बि.क. , जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठनका ईन्चार्ज रेशम थापा , प्रदेश कमिटी सदस्य हिम बहादुर रानाले शुभकामना मन्तव्य राख्नु भएको थियाे ।
अधिवेशनले पुन क्या. ईन्द्र बहादुर खड्काकाे अध्यक्षतामा १५ सदस्यीय कार्य समितिकाे गठन गरेकाे छ ,जस्काे उपाध्यक्षमा लाल बहादुर भुसाल , सचिव महेन्द्र कुमार श्रेष्ठ , उप सचिवमा नर बहादुर आले र पदम प्रधान ,सदस्यहरूमा क्रमश दुर्गा बहादुर के.सि. , धन बहादुर सुनार , गिर बहादुर राना , दल बहादुर जि .सि . हिरा बहादुर रायमाझी , गाेम बहादुर बस्नेत ,प्रकाश बस्नेत , प्रेमलाल श्रेष्ठ ,दल बहादुर रेग्मी रहनु भएको छ ।
कार्यक्रममा उपाध्यक्ष लाल बहादुर भुसालले स्वागत मन्तब्य राख्नु भएको थियाे भने उप सचिव महेन्द्र कुमार श्रेष्ठले कार्यक्रमकाे सन्चालन गर्नु भएको थियाे ।