अर्घाखाँची । राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीमा नेतृत्व परिवर्तन भएको छ। बाँगीका उर्जाशील युवा नेता बिनोद बस्नेत हालै सम्पन्न राष्ट्रिय युवा संघ नेपालको पूर्ण बैठकबाट जिल्ला ईन्चार्जमा चयन भएका छन्। संगठनले गरेको जिम्मेवारी बाँडफाँडअनुसार बस्नेत अब अर्घाखाँची जिल्लास्तरमा संघको नेतृत्व गर्नेछन्।
हालै सम्पन्न राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका बस्नेत नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटीका कान्छा सदस्य पनि हुन्। युवा राजनीतिमा सक्रिय र जनसरोकारका सवालमा स्पष्ट दृष्टिकोण राख्ने बस्नेतले अब जिल्लाभरका युवालाई सङ्गठित गर्दै संगठनलाई अझ बलियो बनाउने अठोट सार्वजनिक गरेका छन्। पछिल्लो समय उनका भाषण दमदार र उर्जावान हुने गरेका छन् ।
“पार्टीबाट आएको थप जिम्मेवारीले ऊर्जा थपेको छ,” बस्नेतले भने, “अब जिल्लाभरि युवाशक्ति एकताबद्ध गरेर नयां ढंगले संगठनलाई अघि बढाउँछु।”
संघको नेतृत्व सम्हाल्ने क्रममा बस्नेतले अब युवाहरूसँग प्रत्यक्ष संवाद, स्थानीय तहसम्म सञ्जाल विस्तार, र सिर्जनात्मक अभियानमा जोड दिने तयारी गरिरहेका छन्।