सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना सन्धिखर्क, अर्घाखाँचीको अनुरोध
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अन्तरगतको विभिन्न स्थानहरुमा सडक छेउको नाली पुरदिने, सडकको बीच भागमा अनावश्यक खन्ने, सडकमा पानी लगाइदिने, सडक छेउका पर्खालबाट ढुंगा झिक्ने, विना अनुमति शाखा सडक खोल्ने आदी कार्य गर्ने गरेको पाइएकाले यस्ता कार्यहरु तत्काल रोकी सडक संरक्षणमा आवश्यक सहयोग गरिदिनुहुन सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना हार्दिक अपिल गर्दछ ।
योजना प्रमुख
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना सन्धिखर्क, अर्घाखाँची