२०८० असोज २२ गते प्रकाशित
नेपाल राज्य संवाददाता
अर्घाखाँची– नेकपा (एमाले) का प्रभावशाली युवा नेता नेता प्रेमनारायण गैरे २०६९ सालमा भएको एमाले अर्घाखाँचीको सातौं जिल्ला अधिवेशनमा पदाधिकारीमा सर्वाधिक मत ल्याएर उपसचिव पदमा निर्वाचित हुनुभएको थियो । त्यतिबेला चेतनारायण आचार्य अध्यक्ष, जीवनारायण कोइराला उपाध्यक्ष, रामबहादुर चौहान सचिव पदमा निर्वाचित भएका थिए ।
करिब १८ वर्षसम्म जिल्ला कमिटीमा बसेर पाटी संगठनको काममा सक्रिय प्रेमनारायण गैरेलाई आउँदो जिल्ला अधिवेशनमा एमाले जिल्ला अध्यक्षको रुपमा हेरिएको छ ।
उपसचिव पदमा रहँदा जिल्ला अध्यक्ष चेतनारयण आचार्य गम्भीर विरामी भएर झण्डै ३ वर्ष उपचारमा रहँदा अप्ठयारो अवस्थामा उत्पन्न आन्तरिक तथा बाह्य अनेकन चुनौतीलाई सामान गर्दै पाटीलाई थप मजबुद बनाउन महत्वपूर्ण योगदान पु¥याएको गैरेको भनाई छ ।
पाटीबाट कहिल्यै सुविधा र लाभ नदिएका गैरे निरन्तर अविचल्लित भएर सक्रिय भूमिका खेल्नुभएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा भुमिकास्थान नगरपालिकामा एमालेले जित्नको लागि शीर्ष नेताहरुले गैरेले मेयरको उम्मेदवार बनाउन कुरा उठाएका थिए । गैरेको उम्मेदवारीको चर्चाले कार्यकर्ता उत्साहित थिए ।
तर, अन्तमा पाटीका पुराना नेतालाई व्यवस्थापन गर्दा गैरे उम्मेदवार हुन सक्नुभएन । हरेक समस्याका बावजुद पनि पाटी निर्माण र रुपान्तरणमा अग्रमोर्चामा उभिने नेता कार्यकर्ताको खबरदारी र गतिशिलताले पाटीलाई थप बलियो र सशक्त बनाउँदै लगेको गैरको बुझाई छ । गैरे हरेक चुनावमा पाटीका उम्मेदवारलाई जिताउन फिल्डमा खटिनु भएको छ ।