हिम लेकाली -सन्धिखर्क, असार १० ।
नेपाल औषधि व्यवसायी संघ अर्घाखाँचीले मङ्गलबार सन्धिखर्कमा एक कार्यक्रमकाे आयाेजना गरि दिवस मनाएकाे छ।
संस्थाकाे आयाेजना र जिल्ला प्रहरी कार्यालयकाे सहकार्यमा याे दिवस प्रहरी कार्यालयकाे सभाकक्षमा मनाईएकाे हाे ।
दिवसकाे उपलक्ष्यमा संस्थाले जिल्ला प्रहरी कार्यालय मार्फत ट्राफिक प्रहरी कार्यालयलाई १०० थान लापसे (लागु पदार्थ सेवन ) चेक जाँच कीट ( Urine tast stick ) प्रदान गरेकाे छ ।
संस्थाका अध्यक्ष राम प्रसाद अधिकारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थाका लुम्बिनी प्रदेश सदस्य अर्घाखाँची जिल्ला ईन्चार्ज डा. धर्मराज भट्टराईले दिवसकाे अवसरमा शुभकामना ब्यक्त गर्दै याे चेक जाँच प्रभावकारी भएकाेले सवारि दुर्घटना न्युनिकरण र युवाहरू दुर्व्यसन बाट मुक्त गर्न सहयाेग पुर्याउने बताउनु भयाे ।
उहाँले दुर्ब्यसनीहरूकाे नियन्त्रणमा औषधी ब्यवसायीहरूकाे ठुलाे भूमिका रहने बताउदै मानव स्वास्थ्यमा प्रयाेगहुने कतिपय औषधिहरू दुर्ब्यसनीले प्रयाेग गर्ने हुँदा त्यस्ता औषधिहरू बेच्दा डक्टरकाे प्रिस्केप्सनकाे आधारमा मात्र दिने र औषधिका बारेमा लिन आउने संग छलफल गरेर बुझाएर मात्र दिनु पर्ने बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नूमलाल पन्थीले महत्त्वपूर्ण सामाग्री प्रदान गरेकाेमा संस्थालाई धन्यबाद ब्यक्त गर्दै बर्तमान स्थीतिमा कतिपय युवा पिँडि लागु पदार्थको सेवन बाट घर ,समाज र आफ्नाे जीवन बरबाद गरिरहेकाे छन् मुलुककाे उर्वर जनशक्ति लागु औषधले क्षय गरेकाे छ ,यस्काे न्युनिकरण र बचाउमा सबै लाग्न जरूरि भएकाे बताउनु भयाे ।
त्यसै गरि प्रहरी नायब निरिक्षक झलक प्रसाद शर्माले दुर्ब्यसनकाे कारण देश भरि सवारि दुर्घटना ,आत्म हत्याका घटना , पारिवारिक अशान्ति , गरिविता ,बड्दै गईरहेकाेले याे न्युनिकरण र अन्त्यकाे लागि याे अभियानमा प्रहरिलाई समुदाय र अभिभावकले सामाजिक दाईत्व सम्झि सघाउनु पर्ने बताउँनु भयाे ।
कार्यक्रम मा लुम्बिनी प्रदेश सल्लाहकार नारायण पाैडेल र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निरज गाैतम ले पनि मन्तव्य राख्नु भएकाे थियाे ।
संस्थाका महा सचिव तिलक मिश्रले सन्चालन गर्नु भयकाे कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला अध्यक्षले प्रनानी झलक प्रसाद शर्मा र ट्राफिक प्रमुख निरज गाैतमलाई (लापसे )चेक जाँच कीट प्रदान गर्नु भएकाे थियाे ।