मालारानी गाउँपालिकाको अनुरोध
– जन्म, मृत्यु, बसाइसराई र सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घटना ३५ दिनभित्रै स्थायी बसाइ गरिरहेको वडा कार्यालयमा गई दर्ता गरौं
– सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुले प्रत्येक आर्थिक वर्षको श्रावण महिना देखि भदौं मसान्तभित्र वडा कार्यालयमा गई अनिवार्य रुपमा सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरौं
– लैंगिक विभेद सामाजिक असमानता, लैंगिक हिंसा, बालविवाह र बहुविवाह तथा जातीय छुवाछुत जस्ता कु–प्रथाका अन्त्य गरौं
– कुनैपनि व्यावसाय दर्ता गरेर मात्रै सञ्चालन गरौं
– आधुनिक कृषि प्रणाली अपनाई व्यवसायीक तथा उत्पादनशील कृषक बनौं
– स्थानीय स्वास्थ्य संस्थाबाट प्राप्त हुने अधिकारत स्वास्थ्य सेवाको उपयोग गरौं
– सबै बालवालिकाहरुलाई विद्यालय पठाऔं, टिकाऔं, सिकाऔं, सत्य एवं सु–संस्कृत बनाऔं
– गाउँघरमा रहेका पुराना पोखरीहरुको संरक्षण गर्दै थप नयाँ पोखरीको निर्माण गरी पानीको मुहान प्रवद्र्धन गरौं
– विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण गरी प्रवद्र्धनमा टेवा पु¥याऔं
– गाउँपालिकाभित्र सञ्चालित सडकहरुको दायाँबायाँ निर्माण सामाग्री काठ तथा अन्य कुनैपनि सामाग्रीहरु राखी यातायातलाई बाधा नपु¥याउँ
अनुरोध
मालारानी गाउँपालिका, खनदह अर्घाखाँची