सन्धिखर्क नगरपालिकाको सूचना
- बालविवाह सामाजिक अपराध भएकाले विवाह गर्ने उमेरका सबैलाई २० वर्षपछि मात्र गरौं र गराऔं ।
- गाउघरमा रहेका पुराना पोखरीहरुको संरक्षण गर्दै थप नया पुनर्भरण पोखरीको निर्माण गरी पानीका मुहानहरुको प्रबद्र्धन गरौं ।
- धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण गरी प्रबद्र्धनमा टेवा पु¥याऔं ।
- आफनो पायक पर्ने स्थानको सडकको छेउछाउमा घास तथा अन्य विरुवा रोपी हरियाली प्रबद्र्धन गरौं
- जन्म, मृत्यु बसाइसराई जस्ता व्यक्तिगत घटना दर्ता ३५ दिनभित्रै सम्बन्धित वडा कार्यालयमा गई दर्ता गराऔं
- विद्यालय जाने उमेर भएका बालवालिकालाई विद्यालय पठाऔं
- खानेपानीका मुहान सफा राखौं साथै सबैले पानी शुद्धीकरण गरेर मात्र पिउने बानीको विकास गरौं
- आफनो समुदाय र विद्यालयमा बालमैत्री बनाऔं
- सडकमा जथाभावी पानी बग्न नदिई सडकको संरक्षण गरौं साथै मलको उचित व्यवस्थापन गरौं ।
- दक्ष स्वास्थ्यकर्मीबाट स्वास्थ्य संस्थामा गएर प्रस्तुती गराई आमा र बच्चालाई जोखिमबाट बचाऔं
- प्राविधिक सल्लाह बमोजिम उन्नत बीउ बिजनको प्रयोग गरी कृषिजन्य वस्तुको उत्पादन तथा उत्पादकत्व वृद्धि गरौं
अनुरोधक
सन्धिखर्क नगरपालिकाको कार्यालय,सन्धिखर्क, अर्घाखाँची