अर्घाखाँची ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मालारानी गाउँपालिका कमिटीले पालिकामा विद्यमान विविध समस्या र समाधानका सुझाव समेटेर ज्ञापनपत्र गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईलाई बुझाएको छ।
आज ज्ञापनपत्र बुझाउने क्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष रामबहादुर चौहानले पछिल्लो समय सरकारका गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको भन्दै सुशासन, रोजगारी तथा समाजवादी व्यवस्थाको तयारीका लागि विशेष कार्यक्रम अघि बढाउन पार्टीले ध्यानाकर्षण गराएको बताए।
उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सुशासन, रोजगारी र भौतिक पूर्वाधारजस्ता पालिकास्तरीय समस्याहरू समाधान गर्न तत्काल ध्यान दिन आवश्यक रहेको उल्लेख गरे।
पार्टी उपाध्यक्ष युवराज पौडेलले पालिकाका प्रमुख समस्या लिपिबद्ध गर्दै सुझावसहितको ज्ञापनपत्र पेश गरिएको जानकारी दिए।
पार्टी केन्द्रको कार्यक्रम अनुसार विभिन्न सवाल समेटेर बिहीबार प्रमुख नेतृत्वको उपस्थितिमा ज्ञापनपत्र पेश गरिएको हो।