रुद्रमणि भुसाल- मङ्सिर ८ , अर्घाखाँची ।
चौतारा महारानी चन्द्रप्रभावतिको ऐतिहासिक दस्तावेज र निष्कर्ष नामक पुस्तकको एक कार्यक्रमका बीच आज सन्धिखर्कमा लोकार्पण गरिएको छ ।
पुस्तक लोकार्पण कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले इतिहासविद मुकुन्दराज आचार्यले महारानी चन्द्रप्रभावतीको इतिहास उहाँको छोरालाई दिएको अर्ति उपदेशको बारेमा ऐतिहासिक दस्तावेज पुस्तक लेखेर अर्घाखाँचीको समग्र परिचय दिँदै पृथ्वीनारायण शाहकी सौतनी जेठी आमा चन्द्रप्रभावतिकै सल्लाह सुझाव ग्रहण गरेका कारणले टुक्रा टुक्रा रहेको नेपाललाई एकीकरण गर्न पृथ्वीनारायण शाहलाई महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। आचार्यले इतिहासलाई जीवित राख्नको निम्ति यस्ता खोजमूलक कृति प्रकाशनले नयाँ पुस्तालाई इतिहासको बारेमा खोज अनुसन्धान गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको बताउनुभयो।
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, नेकपा एमालेका प्रतिनिधि जनार्दन खनाल, सन्धिखर्क नगरपालिकाका संस्थापक नगरप्रमुख कमलप्रसाद भुसाल, पुस्तकको टिप्पणीकार जगन्नाथ भुसाल, विष्णु प्रसाद बस्याल, सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष चुराबहादुर केसी, पुस्तकका लेखक मुकुन्दराज आचार्य, आदर्श मावि खाँचीकोटका प्र.अ डिल्लीराज थापा लगायतका वक्ताले मन्तव्य राख्दै चन्द्र प्रभावतीमा औपचारिक शिक्षा कम भएपनि व्यावहारिक ज्ञान प्रर्याप्त भएमा जस्तोसुकै कठिन परिस्थितिमा पनि समस्याको समाधान गर्न सकिन्छ भन्ने कुराको एउटा ऐतिहासिक प्रमाण भएको बताउनुभएको थियो ।
लेखक आचार्यले चौतारा महारानी चन्द्रप्रभाबती पुस्तक तयार गर्न करिब ६ वर्ष लागेको जानकारी दिनुभयो। तत्कालीन खाँचीकोट गाविस वडा नम्बर ५ हाल सन्धिखर्क नगरपालिका ७ डाँडामा जन्मनुभएका आचार्य हाल चन्द्रागिरी नगरपालिका ५ हाइभिजन काठमाडौँमा बस्दै आउनुभएको छ। उहाँको शैक्षिक योग्यता आई .एस सि कृषि त्रिभुवन विश्वविद्यालय, बि एड मेजर अङ्ग्रेजी त्रिभुवन विश्वविद्यालय, एम .ए समाजशास्त्र पूर्वाञ्चल विश्वविद्यालयमा बाट गर्नुभएको छ ।
इतिहासविद आचार्यसँग वन तथा भूसंरक्षण मन्त्रालय अन्तर्गतका विभिन्न भू तथा जलाधार आयोजनाहरूमा करिब १६ वर्ष सेवा गर्नुभएको अनुभव समेत रहेको छ। डेढ दर्जन नेपाली फिल्महरू र आधा दर्जन टेली श्रृङ्खलाहरुमा अभिनय गरेको दुईवटा गीतहरुमा मोडलको भूमिका निभाएको नेपाल चलचित्र कलाकार संघको आजीवन सदस्य रहेको उहाँसँग अनुभव रहेको छ ।
कार्यक्रम लुम्बिनी बाङमय प्रतिष्ठान अर्घाखाँचीको आयोजना र आचार्य परिवारको सहजीकरणमा भएको कार्यक्रमको श्रीधर आचार्यको स्वागत मन्तव्य, तीर्थराज आचार्यको सञ्चालनमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न क्षेत्रमा कलम चलाउने साहित्यकार, उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ विभिन्न संघसंस्थामा आबद्ध अध्यक्ष वा प्रतिनिधि लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। लेखक मुकुन्दराज आचार्यलाई शाही परिवारले सम्मानसमेत गरेको थियो।
थप तस्बिर :



