काठमाडौं । राजनीतिक मतभेदलाई एकछिनका लागि थन्क्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अर्घाखाँची जिल्ला सभापति हरिप्रसाद भुसालले
आइतबार टोपबहादुर रायमाझीको मुद्दा छिटो किनारा लगाउ र अब निर्णय चाहिने बताएका छन् ।
भद्रगोल राजनीति होइन, भद्रजेल पुगे। भेटघाटको कारण? एमालेका निलम्बित सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी — जसले अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल जीवन बिताइरहेका छन्।
भुसालले रायमाझीसँगको भेटपछि एक प्रश्नको झल्को दिए, “निर्वाचित जनप्रतिनिधिलाई वर्षौँसम्म थुनामा राख्ने हाम्रो न्याय प्रणाली कति संवेदनशील छ?” राजनीतिक प्रतिद्वन्द्वीका रूपमा २०७९ को चुनावमा उनीसँग भिडेका भुसालले न्यायिक प्रक्रियालाई तुरुन्त टुंग्याउन आग्रह गरेका छन्।
भुसालले “अर्घाखाँची दुई वर्षदेखि प्रतिनिधिविहीन छ,” भुसालको पीडा झल्कियो, “दोषी हो भने सजाय, निर्दोष हो भने रिहाइ — तर यत्रो समयको अलमलले जिल्लाको विकासमै रोकावट आयो।”
उनको भनाइ अनुसार मुद्दा लम्बिँदा राजनीतिक मात्र होइन, विकाससम्बन्धी निर्णयहरूमा पनि जिल्लाले घाटा व्यहोर्नुपरेको छ।
केही दिनअघि माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पनि रायमाझीको मुद्दामा राजनीतिक पूर्वाग्रह भएको आशंका व्यक्त गर्दै छिट्टै रिहाइको अपेक्षा प्रकट गरेका थिए। रायमाझीमाथि जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दामा साक्षीका बयान सकिएका छन् र अब साउन १८ गतेको पेसीले उनको भविष्यको दिशा निर्धारण गर्नेछ।
२०८० सालको वैशाख ३१ मा पक्राउ परेका रायमाझी असार १ देखि पुर्पक्ष थुनामा छन्। राजनीतिक आरोप–प्रत्यारोपको यो भँवरमा एक युवा नेता भुसालको भिन्न दृष्टिकोण राखदै निर्णय होस्, तर ढिला नगरौं बहसको केन्द्रमा रहेको बताए।