अर्घाखाँची । शितगंगा नगरपालिका–१ का हिमबहादुर सारु भरुवा बन्दुकसहित पक्राउ परेका छन्।
गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको टोलीले आफ्नै घरमा हतियार लुकाइराखेको अवस्थामा उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार सारुको साथबाट १ नाल भरुवा बन्दुक, फलाम र सिसाका छर्रा, केप, बारुदसहितका सामग्रीहरू बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी चक्रबहादुर मल्लका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।