गुल्मी । गुल्मी जिल्लामा करेण्ट लागेर एक युवकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका–७ वाग्लाका ४० वर्षीय झबिन्द्र घिमिरेको करेण्ट लागेर मृत्यु भएको हो।
प्रहरी नायब उपरिक्षक एवं जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले दिएको जानकारी अनुसार धुर्कोट गाउँपालिका–७ अन्तर्गत द्वानेटामा रहेको राष्ट्रिय प्रशारण लाइनको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा आज बिहान घिमिरेलाई करेण्ट लागेको थियो।
गम्भीर घाइते भएका घिमिरेको गुल्मी अस्पताल तम्घासमा उपचारका क्रममा आज अपरान्ह मृत्यु भएको प्रहरी नायब उपरिक्षक सारुले बताए।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।