नेपाल राज्य संवाददाता
सन्धिखर्क– सदरमुकाम सन्धिखर्कमा रहेको अर्घाखाँची जिल्ला अस्पतालको पूर्वाधार निर्माणको लागि प्रदेश सरकारबाट ६ करोड बजेट परेको छ । ५० वेडको अस्पतालको भवन निर्माणको लागि बहुवर्षीय योजना अन्तरगत पहिलो वषर््ँ ६ करोड बजेट विनियोजन भएको प्रदेश सांसद रामजीप्रसाद घिमिरेले बताए ।
आर्थिक वर्ष २०८०÷०८१ मा टेण्डर भएर भवन निर्माणका काम शुरु हुन्छ । छिटो पूर्वाधार निर्माण सम्पन्न गरेर ५० वेडको अस्पताल सञ्चालन गरिने घिमिरेले बताए । ५० वेडको अस्पतालको पूर्वाधार बनेपछि विशेषज्ञ डाक्टर सहितको सुविधा हुनेछ । विरामीले उपचारको लागि बुटवल, काठमाडौ धाउनुपर्ने बाध्यता हट्नेछ ।