नेपाल राज्य संवाददाता
सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले ड्रगन फुड, एभोगार्ड लगायतका फलफुल खेती गरेरै बेरोजगार युवालाई स्वरोजगार बनाउने भन्दै नगरसभामा नीति तथा कार्यक्रममा पारित गरेका छन् ।
पढेलेखेका युवालाई कृषि उद्य्ममै जोडेर गाउँमै बसाल्ने योजना रहेको उनले बताए । ड्रगनफुड र एभोगार्ड छिटफुट रुपमा केही किसानले खेती गरेका छन् । उनले व्यवसायीक रुपैमै व्यापक खेती गर्ने बताए ।
‘ड्रगनफुड र एभोगाड नयाँ फलफलु हुन, महंगोमा बिक्री हुन्छ, स्वास्थ्यको लागि फाइदाजनक हुन्छ भनेर माग धेरै छ,’ श्रेष्ठले भने, ‘यसको खेती गर्न प्रोत्साहन गर्दै सबै किसानलाई आबद्ध गरेर व्यवसायीक बनाउँछु । धेरै उत्पादन गरेर पहाडका फल ठुला शहरमा पठाउने हो ।’ पहाडको चिसो हावापानीमा उत्पादन भएको वस्तु तराई र शहरमा माग बढी हुने गरेको उनले बताए । ‘फलफलु बेचेरै नगरवासीलाई स्वरोजगार बनाउने मेरो लक्ष्य हो,’ उनले भने ।