नारायण भुसाल
अर्घाखाँची । नेकपा (एमाले) का लुम्बिनी प्रदेश कमिटीका सदस्य एवं प्रभावशाली युवा नेता प्रेमनारायण गैरेले भुमिकास्थानमा ५ दलीय गठबन्धनलाई पराजयको नजिक पुराउनु नै नेकपा एमालेको सफलता भएको बताए । यसले एमाले शक्तिशाली पाटी रहेको पुष्टि गर्ने उनले बताए ।
नेकपा (एमाले) भुमिकास्थान नगर कमिटीको पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै युवा नेता गैरेले आगामी संघ र प्रदेशसभाको निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी गराउन सबै एमाले नेता तथा कार्यकर्ता एकढिक्का भएर लाग्नुपर्ने जरुरी रहेको बताए । नुवाकोटको पानडाडामा भएको स्थानीय तहको निर्वाचन समीक्षा गर्दै ५ दलीय गठबन्धनसँग जोडिएका दलहरुको बराबर हैसियत हुँदा पनि पाटीको मत बढाउन सफल भएको र प्राविधिक कारणले चुनावमा उपविजेता हुनु परेको बैठकले निष्कर्ष निकालेको छ ।
बैठकमा एमाले जिल्ला कमिटी सचिव तोजबहादुर रायमाझीले भुमिकास्थानमा एमालेले प्राप्त गरेको मतलाई रक्षा गर्दै आगामी संसदीय चुनावमा जस्तोसुकै गठबन्धन भएपनि पराजय गर्न उत्साहित भएर लाग्न नेता कार्यक्रर्तालाई आग्रह गरे । एमाले जिल्ला कमिटी सदस्य तथा भुमिकास्थान नगर कमिटीका इन्चार्ज खगेश्वर पन्थी, सह इन्चार्ज रेशम थापाले लगाएतका नेताहरुले मन्तव्य राखेका थिए ।
वैठकमा भुमिकास्थान नगरपालिकामा र वडाहरुमा पराजय हुनुको आन्तरिक र वाहय कारणको अध्यान गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले साउन २० गतेभित्र नगर कमिटीलाई प्रतिवेदन वुझाउने छ । वैठकले पार्टीका सवै वडामा साउनको ५ गनेसम्म वैठक वस्ने, चुनावी समीक्षा गर्ने, सदस्यता वितरण र नविकरण जनसंगठनहरुका बैठक, अधिवेशनहरु सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकमा जनकलाल गैरे, बशन्ता पौडेल जिल्ला सल्लाहकार सदस्य खेमराज चुँदालीको आथित्य, नगर कमिटी अध्यक्ष मणि पौडेलको अध्यक्षता र सचिव टामलाल भट्टराईकाे सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रविष्ट गर्नुहोस्
Write to Birendra KC