काठमाडौं ।
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको अध्यक्षमा धनचौरका पौडेल निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न मञ्चको छैटौँ अधिवेशनबाट अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौरका रुद्र पौडेल निर्वाचित भएका हुन् । जसको बरिष्ठ उपाध्यक्षमा बाबुराम पोख्रेल, उपाध्यक्षमा जितेन्द्र केसी, मनोज पौडेल, नन्दराम पौडेल, महासचिवमा आबिस्कार घिमिरे, सचिवमा मिलन केसी, चेतनारायण भण्डारी, कोषाध्यक्षमा मौसम सोमारी मगर सहकोषाध्यक्षमा कृष्ण भूसाल निर्वाचित भएका थिए ।