अर्घाखाँची ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको आरोप सन्दर्भमा नेपाली कांग्रेस र नेकपा एमालेले उनीलाई “बलिको बोको” बनाएको आरोप लगाएका छन्।
रास्वपा अर्घाखाँचीले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रममा बोल्दै सभापति भुसालले राजनीतिक प्रतिस्पर्धीहरूले रवि लामिछानेको लोकप्रियता र निरन्तरको सक्रियतालाई रोक्न नियोजित रुपमा षड्यन्त्र गरिरहेको दाबी गरे। उनले भने, “ सत्ताधारी एमाले र काङ्ग्रेसले आफ्न बचाउन , रविजीलाई बलिको बोको बनाउने प्रयास भइरहेको छ।”
रास्वपा जिल्ला सभापति भुसालले तीन वर्षको छोटो अवधिमा रास्वपाले जनसमर्थन हासिल गर्दै राजनीतिक रूपमा बलियो उपस्थिति जनाउन सफल भएको बताउदै सुशासनको पक्षमा र वेथितिको विरुद्धमा अझ सशक्त रूपमा अघि बढ्नुपर्ने आवश्यकता अहिले झनै बढेको बताए । पार्टीले हस्ताक्षर अभियान पनि सुरु गर्ने बताए ।