कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका–११, अरौराकोटका पाँच वर्षीय सुफेल अंसारीको पोखरीमा डुबेर मृत्यु भएको छ।
कपिलवस्तु अस्पतालका अनुसार सुफेल अंसारी स्थानीय अनिल अंसारीका छोरा हुन्। विद्यालयबाट घर फर्किएपछि साथीहरूसँग खेल्न निस्किएका सुफेल नजिकैको माछा पोखरीमा डुबेका हुन्।
परिवारका सदस्यहरूले पोखरीबाट उद्धार गरेर तुरुन्तै कपिलवस्तु अस्पतालतर्फ लगिरहेका बेला बाटोमै सुफेलको ज्यान गएको अस्पतालले जनाएको छ।
स्थानीयवासीले बालबालिकाको सुरक्षामा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।