अर्घाखाँची ।
नेकपा एमाले मालारानी गाउँपालिका अर्घाखाँचीकाे दाेस्राे अधिवेशन असाेज १२ गते हुने भएको छ।
पालिका भित्रका ९ वटा वडा र क्रियाशील जनसंगठनहरूबाट असाेज ५ गते एकैदिन २०९ जना प्रतिनिधि छनाैट समेत सम्पन्न गरेको छ । अधिवेशनलाई भब्य रूपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू गठन गरेकाे हो । कमिटीका का.वा. अध्यक्ष बिष्णु प्रसाद मिश्रकाे संयाेजकत्वमा ३११ सदस्यीय मुल ब्यवस्थापन समिति, का.वा. अध्यक्ष बिष्णु प्रसाद मिश्रकै संयाेजकत्वमा राजनीतिक, सांगठनिक एवम् आर्थिक प्रतिवेदन तयारी उपसमिति, कार्यालय सचिव देबिराम पाेख्रेलकाे संयाेजकत्वमा प्रतिनिधि ब्यवस्थापन उपसमिति र प्रचारप्रसार उपसमिति, तारा प्रसाद भुसालको संयाेजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, केेहव पुनकाे संयाेजकत्वमा मंच तथा साउण्ड ब्यवस्थापन समिति, मधु खनालकाे संयाेजकत्वमा अतिथि सत्कार उपसमिति, युवराज खनालकाे संयाेजकत्वमा खाजा, खाना तथा आवास ब्यवस्थापन उपसमिति, खिमलाल खनालकाे संयाेजकत्वमा आर्थिक ब्यवस्थापन उपसमिति गठन गरेकाे छ ।
अधिवेशनमा वडा तथा जनसंगठनहरूबाट सर्वसहमत रूपमा प्रतिनिधि भएका छन् । अधिवेशनकाे असाेज १२ गते बिहान ११ वजे मालारानी गाउँपालिकाकाे सभाहल खनगुफामा उद्घाटन समाराेह हुने कार्यालय सचिव देबिराम पाेख्रेलले जानकारी दिएका छन् ।
नेकपा एमाले अर्घाखाँचीकाे आधारभुमि मानिने मालारानी गाउँपालिकाकाे दाेस्राे अधिवेशनकाे ५ पदाधिकारीकाे लागि दर्जन बढि आकांक्षी रहेको श्राेतले बताएको छ । अधिवेशनबाट ५५ सदस्यीय पालिका कमिटी निर्माण हुनेछ । कमिटीमा २० प्रतिशत ४० वर्ष भन्दा कम उमेर समुहकाे प्रतिनिधित्व हुनेछ ।