रियाद, साउदी अरब।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) साउदी अरबले आफ्नो दशौँ राष्ट्रिय महाधिवेशन आगामी १८ जुलाई शुक्रबारका दिन राजधानी रियादमा आयोजना गर्ने घोषणा गरेको छ।
संघको मिति १४ जून २०२५ शनिबारका दिन बसेको छैठौं नियमित तथा पूर्ण बैठकले महाधिवेशन सम्बन्धी निर्णय गर्दै तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। निर्वाचन समितिको संयोजकमा रामबहादुर क्षेत्री चयन भएका छन् भने भीम गुरुङ र दिनेश न्यौपाने सदस्य रहेका छन्।
संघले साउदी अरबमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई महाधिवेशनमा सक्रिय सहभागिता जनाउन आह्वान गर्दै, कार्यक्रममा उपस्थित भई महाधिवेशनलाई भव्यताका साथ सफल बनाउन अनुरोध गरेको छ।
साथै, संघको आगामी कार्यकाल (२०२५–२०२७) को तयारीस्वरूप २५ जुन २०२५ सम्म मात्र सदस्यता वितरण खुला रहने जानकारी दिइएको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) बाट प्राप्त परिपत्रअनुसार निर्धारित समयसीमाभित्र सदस्यता लिई संघमा आबद्ध हुन सउदीस्थित सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरिएको छ।
सूचना :