नेपाल राज्य संवाददाता
अर्घाखाँची– प्रदेशसभा–१ मा एमाले केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज चेतनारायण आचार्य विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी छ । आचार्यले गठबन्धनको तर्फबाट राजमोका केन्द्रीय सदस्य सागर केसीलाई पराजित गरेका छन ।
२०७४ को चुनावमा पनि आचार्यले जितेका थिए । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री भएका थिए ।