अर्घाखाँची।
छत्रदेव गाउँपालिका-३ शिख्र गाउँमा राति विस्तारमा सुतिरहेका श्रीमानलाई धारिलाे हतियारले टाउकोमा पछाडिबाट प्रहार गरेर श्रीमतीले हत्या गरेकी छिन ।
३८ बर्षीय रामु कुमाललाई उनका पत्नि २७ बर्षीय मेखमाया कुमालले मध्यराति साढे १२ बजेतिर हत्या गरेकाे प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए । रामुलाई सुतिरहेको बेला मेखमायाले टाउकोमा पछाडिबाट दाउले हानेर हत्या गरेकी हुन ।
बेलुका पतिपत्नीबीच घरायसी कुरामा सामान्य विवाद भएर झगडा भएको थियो । पतिको हत्या गर्ने मेखमायालाई आइतबार विहान घरबाटै पक्राउ गरेको छ ।
घटनाको भएको छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।