अर्घाखाँची – अर्घाखाँची जिल्लामा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय हालकै स्थानमा कायम रहने भएको छ।
प्रतिनिधिसभा सदस्य विजुला रायमाझीका अनुसार आफू, सुशिला श्रीपाली,विष्णु मुस्कान र केशव श्रेष्ठले प्रधानमन्त्री तथा खानेपानी मन्त्रीसँग भेट गरी कार्यालय स्थानान्तरण नगरी यथास्थानमै राख्न आग्रह गरेपछि कार्यालय अघिल्लै ठाउँमा कायम रहने सहमति भएको हो।
रायमाझीले यसलाई जिल्लावासीका लागि ठूलो उपलब्धि भएको बताउँदै यस कदमले अर्घाखाँचीका नागरिकलाई सहज र छिटो सेवा पाउन मद्दत गर्ने विश्वास व्यक्त गरेकी छन्।